
प्रकाश नेपाल
इलाम । बाल्यकालमै बेपत्ता भएका छोरा ४० वर्षपछि जिवित घर आउने खबर पाएदेखि नै ८५ वर्षीया धनमाया तिम्सिना हर्षले गद्गद् हुनुहुन्छ । दुर्गाप्रसाद काकरभिट्टा हुँदै नेपाल प्रवेश गरेको खबर आयो अब झन् इलामको माई नगरपालिका १० लुम्बक गाउँनै खुशी भयो ।
ढाका टोपी, नीलो कुर्ता, सेतो सुरुवाल लगाएर दुर्गाप्रसाद तिम्सिना घरको आगन टेक्दै गर्दा त्यहाँको वातावरण नै एकाएक परिवर्तन भयो । ४० वर्षपछि छोरो घर फर्केर आएपछि आमा धनमाया जति खुसी कोही देखिएन । कस्तो खुशी लाग्दैन हो आमाले खुशी व्यत्त गदै भन्नुहुन्छ मलाई एकदमै खुशी लागेको छ ।
घर आउँदा दुर्गाप्रसाद मानसिक रोगका कारण निकै विक्षिप्त देखिनुहुन्थ्यो । छरछिमेक र परिवारका सदस्यसँग नबोल्ने दुर्गाप्रसादसँग बेला–बेला अनुहारले प्रतिक्रिया दिनेबाहेक कुनैपनि चमक र हाउभाउ देखाउनुभएन ।
दुर्गाप्रसादका भाई प्रकाश लामो समयको प्रयत्न पछि दाइलाई ल्याउन सफल भएको बताउनुहुन्छ । ‘कपडा किनिदिए, दाह्री काटेर चिटिक्क पारे,’ उहाँले भन्नुभयो ‘पिन्जडामा बसेको जस्तो हुनु भएको छ । हामीले दाई ल्याउन सफल भयौं ।’ २०३७ साल माघमा पुरानो घर जिल्लाको फाकफोकथुम गाउँपालिकाको एकतप्पाबाट मंगलबारे बजारको बुधबारे हाटमा तोरी बेच्न जानुभएका दुर्गाप्रसाद त्यो बेलाबाट नै सम्पर्क बिहिन हुनु भएको थियो ।
२०६९ सालमा दुर्गाप्रसादले पठाएको पत्र घरमा आयो । पत्रमा आफू संगम जेलमा रहेको उल्लेख थियो । चिठीको व्यहोराअनुसार खोजतलास भारतको जेलमा रहेको पत्ता लागेपछि घर फर्काउने प्रक्रिीया सुरु भएको थियो । विश्वसेवा विस्तार संस्थाका प्रतिनिधि विश्व बस्नेतले परिवारको सम्पर्क भएपछि रिहाईको प्रक्रिया अघि बढाईएर घर फर्काउन सफल भएको बताउनुभयो । कुनै पनि अभियोग नभएपछि रिहाई गर्न सजिलो भएको उहाँको भनाई छ।
नेपाल फकाउन लामो प्रतिक्षा पछि दुर्गाप्रसादको मानसिक अवस्था ठीक नभएको चिकित्सकको रिपोर्टपछि कोलकाता हाइकोर्टमा सुनुवाई भयो र गएकको बुधबार दीपकलाई रिहाइको आदेश दिइएको थियो । आदेशपछि उनी शनिबार बिहान करिब साढे ११ बजे कोलकाता दमदम सेन्ट्रल जेलबाट छुटेका हुन् । परिवारको वर्षाैंको प्रयास र विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगमा दिपकलाई घर ल्याइएको छ ।
प्रतिक्रिया दिनुहोस्