
काठमाडौं । धनुषाको सबैला नगरपालिका १० सिमराडीमा हिजो साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्री बृद्धाको घटनास्थलमै मृत्यु भएको छ ।
पैदलयात्री स्थानीय ७५ वर्षीया गुन्दी आमदको मृत्यु भएको हो । यदुकुवाबाट सबैलातर्फ आउँदै गरेको ज ८ प १३४ नम्बरको मोटरसाइकलले हिजो साँझ साढे ५ बजे उनलाई ठक्कर दिएको हो ।
मोटरसाईकल सहित चालकलाई ईलाका प्रहरी कार्यालय सबैलाले नियन्त्रणमा लिएको छ ।
यता, सिराहाको कल्याणपुर नगरपालिका २ चतारी कमलाबाधमा थ्रेसर जडान भएको ट्याक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ ।
स्थानीय ५५ वर्षीय रामरतन मण्डलको मृत्यु भएको हो । आफ्नै खेतमा स १ त ७० १६ नम्बरको ट्याक्टरमा जडान भएको थ्रेसर मेसिनबाट मुसुरो झारेर फर्किने क्रममा थ्रेसर पल्टिदा उनलाई च्यापेको हो ।
थ्रेसरले च्यापिएका उनको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई भने जिल्ला प्रहरी कार्यालय सिरहाले नियन्त्रणमा लिएको छ ।
यस्तै, मोरङको कटहरी गाउँपालिका ३ मा टिपरको ठक्करबाट हिजो साँझ साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कटहरी २ का ३६ बर्षिय बच्चु डुम रहेका छन । दुर्घटनामा गम्भिर घाइते भएका डुमको उपचारको क्रममा प्रादेशिक अस्पताल कोशिमा मृत्यु भएको हो ।
हिजो बेलुकी साढे पाँच बजे रंगेलि बिराटनगर सडकखण्डमा को १ ख ४७ ८३ नम्बरको टिपरले साईकलयात्रिलाई ठक्कर दिएको थियो ।
टिपर चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्