
काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधव कुमार नेपाल सहित चार नेताहरूलाई स्पष्टीकरण पत्र पठाएको छ ।
नेता नेपाल सहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण पत्र पठाइएको पार्टी कार्यालयका सचिव ईश्वर रिजालले जानकारी दिनुभयो ।
पार्टी अनुशासन विपरीत गतिविधि गरिरहेको भन्दै नेताहरूलाई तीन दिन भित्र स्पष्टीकरण दिन भनी पत्र पठाइएको हो ।
शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेपाल सहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको थियो । पार्टीविरुद्ध गुटबन्दी गरेको, समानान्तर कमिटीहरू बनाउन थालेको र पार्टी तथा सरकारविरुद्ध षड्यन्त्र गरेको भन्दै चार नेतासँग स्पष्टीकरण लिने निर्णय गरेको थियो ।
स्पष्टीकरणपत्रमा ती अभियोगमाथि चित्त बुझ्दो स्पष्टीकरण तीन दिनभित्र पेश गर्न भनिएको छ । चित्त बुझ्दो जवाफ नआए चारै जना नेताहरूलाई कारबाहीको लागि सिफारिस गरिने छ ।
प्रतिक्रिया दिनुहोस्