
काठमाडौं । कृषिमन्त्री पद्मा अर्यालले किसानलाई नोक्सान नहुनेगरी कृषि क्षेत्रमा विदेशी लगानी भित्राउनुपर्ने बताउनुभएको छ ।
खाद्यका लागि कृषि अभियानले गरेको छलफल कार्यक्रममा बोल्दै उहाँले कृषि क्षेत्रको विकासका लागि ठूलो लगानी जरुरी भएकोले किसानलाई नोक्सान नहुने गरी कृषिमा विदेशी लगानी भित्राउनुपर्ने बताउनुभएको हो ।
मन्त्री अर्यालले कृषि विकासका लागि आवश्यक लगानी सरकारको सामथ्र्यले नपुगेको भन्दै विदेशी लगानीलाई आकर्षित गर्नुपर्ने बताउनुभयो । किसानलाई नोक्सान हुने क्षेत्रमा नदिनेगरी, किसानलाई संरक्षण गर्नेगरी नेपालीले लगानी गर्न नसकेको क्षेत्रमा विदेशी लगानी भित्राउने उहाँले बताउनुभयो ।
मन्त्री अर्यालले कोरोनाका कारण विदेशबाट रोजगारी गुमाएर स्वदेश फर्किएका युवाहरुलाई हजारौंको संख्यामा रोजगारी सिजर्ना गर्ने पनि बताउनुभयो । तत्कालै रासायनिक मल विस्थापित गर्न नसकिने भएकाले प्रारंगिक मलको उत्पादन गर्न अभियान चलाउनुपर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्