
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा हराएका २९ वटा मोटरसाइकल सोमबार सम्बन्धित सवारी धनीले बुझाएको छ ।
विभिन्न स्थानमा हराएका मोटरसाइकल सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीको टोलीले २ हप्ता भित्र फेला पारेको ।
सवारीधनीलाई मोटरसाइकल हस्तान्तरण गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराइले सवारी साधन चोरी नियन्त्रणका लागि थप कार्यक्रम ल्याउने बताउनुभयो ।
आर्थिक वर्षमा हालसम्म हराएका २ सय ८६ वटा मोटसाइकल फेला पारी सम्बन्धित सवारी धनीलाई बुझाएको र चोरीमा संलग्न ४५ जनामाथि कारवाही गरिएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्