
प्रज्ञा तिमल्सिना
काठमाडौं । छिमेकी देश भारतमा केही दिन यता कोरोना संक्रमणको दर निरन्तर बढे पछि नेपालमा पनि संक्रमणको जोखिम बढेको छ । नेपालमा संक्रमितको संख्या औषतमा दैनिक सयको हाराहारीमा देखिरहेको समयमा नै भारतमा संक्रमण उकालो लाग्दा नेपालमा पनि पून संक्रमण बढ्ने जोखिम बढाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः सभा सम्मेलन, जुलुस, ¥याली, बैठक र भिडभाड हुने कुनै कार्यक्रम नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण कायम नै रहेकाले सभा सम्मेलन नगर्न सबैलाई अपिल गरिएको जानकारी दिनुभयो ।
नेपालमा केही महिना यता संक्रमितको संख्यामा भने कमी आएको देखिएको छ । परीक्षण गराउने मध्ये २ देखि ३ प्रतिशत व्यक्तिमा मात्र संक्रमण देखिने गरेको छ । पीसीआर परीक्षण गराउने अधिकांश व्यक्ति विदेश जाने र कार्यलय कामकाजका मात्र रहेकाले संक्रमण कायम नै रहेको विज्ञहरूले जनाउँदै आएका छन् ।
टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पछिल्ला दिनमा ७ जना संक्रमित भर्ना भएका छन् । अस्पतालका चिकित्सक डा. अनुप बास्तोलाले ५० जनाको जमघट भएको एक होटलमा १९ जनाका कोरोना संक्रमण देखिएको र ति मध्ये ७ जना अस्पताल नै भर्ना भएको जानकारी दिनुभयो ।
नेपाल भित्रै संक्रमणको जोखिम कायम नै रहेको अवस्थामा झन् भारतसँग खुला सिमानाका कारण नेपाल पुनः जोखिममा परेको हो । जसका कारण मन्त्रालयका प्रवक्ता डा. गौतमले भारतबाट नेपाल छिर्ने नाकाहरुमा कडाइ गरिने र उनिहरूको एन्टिजेन परीक्षण गराउने तयारी भएको बताउनुभयो ।
नेपालमा अहिले झन्डै १ हजार संक्रिय संक्रमित छन् । तर, संक्रमण कै बीचमा नै लापरवाही गर्नेको संख्या समेत वृद्धि भएको छ । झन् भारतमा संक्रमण पुनः उकालो लाग्नुले केही महिना यता घट्दै गएको संक्रमितको ग्राफ उकालो लाग्ने र दोस्रो लहर सुरु हुने हो कि भन्ने त्रास पनि बढेको छ ।भारतमा कोरोना संक्रमित बढेसँगै नेपालमा पनि जोखिम उच्चप्रज्ञा तिमल्सिना
काठमाडौं । छिमेकी देश भारतमा केही दिन यता कोरोना संक्रमणको दर निरन्तर बढे पछि नेपालमा पनि संक्रमणको जोखिम बढेको छ । नेपालमा संक्रमितको संख्या औषतमा दैनिक सयको हाराहारीमा देखिरहेको समयमा नै भारतमा संक्रमण उकालो लाग्दा नेपालमा पनि पून संक्रमण बढ्ने जोखिम बढाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः सभा सम्मेलन, जुलुस, ¥याली, बैठक र भिडभाड हुने कुनै कार्यक्रम नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण कायम नै रहेकाले सभा सम्मेलन नगर्न सबैलाई अपिल गरिएको जानकारी दिनुभयो ।
नेपालमा केही महिना यता संक्रमितको संख्यामा भने कमी आएको देखिएको छ । परीक्षण गराउने मध्ये २ देखि ३ प्रतिशत व्यक्तिमा मात्र संक्रमण देखिने गरेको छ । पीसीआर परीक्षण गराउने अधिकांश व्यक्ति विदेश जाने र कार्यलय कामकाजका मात्र रहेकाले संक्रमण कायम नै रहेको विज्ञहरूले जनाउँदै आएका छन् ।
टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पछिल्ला दिनमा ७ जना संक्रमित भर्ना भएका छन् । अस्पतालका चिकित्सक डा. अनुप बास्तोलाले ५० जनाको जमघट भएको एक होटलमा १९ जनाका कोरोना संक्रमण देखिएको र ति मध्ये ७ जना अस्पताल नै भर्ना भएको जानकारी दिनुभयो ।
नेपाल भित्रै संक्रमणको जोखिम कायम नै रहेको अवस्थामा झन् भारतसँग खुला सिमानाका कारण नेपाल पुनः जोखिममा परेको हो । जसका कारण मन्त्रालयका प्रवक्ता डा. गौतमले भारतबाट नेपाल छिर्ने नाकाहरुमा कडाइ गरिने र उनिहरूको एन्टिजेन परीक्षण गराउने तयारी भएको बताउनुभयो ।
नेपालमा अहिले झन्डै १ हजार संक्रिय संक्रमित छन् । तर, संक्रमण कै बीचमा नै लापरवाही गर्नेको संख्या समेत वृद्धि भएको छ । झन् भारतमा संक्रमण पुनः उकालो लाग्नुले केही महिना यता घट्दै गएको संक्रमितको ग्राफ उकालो लाग्ने र दोस्रो लहर सुरु हुने हो कि भन्ने त्रास पनि बढेको छ ।
प्रतिक्रिया दिनुहोस्