१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चितवनमा गैँडा गणना कार्यक्रम सुरु


0
Shares

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा सोमबारबाट गैँडा गणना सुरु भएको छ ।

गैंडा गणना कार्यक्रमको उद्घाटन गर्दै वनमन्त्री प्रेमबहादुर आलेले चोरी सिकारी गर्नेहरू सलबलाएकाले त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।

नेपाल एकसिंगे गैँडाको नामले समेत चिनिएको भन्दै उहाँले पर्यावरण सँगै पर्यटन भित्र्याउन गैंडाको ठूलो भूमिका रहेको बताउनुभयो ।

गैँडाको गणना चैत मसान्तसम्म सक्ने र बैशाखमा सबै विवरण सार्वजनिक गर्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा वन्यजन्तु चोरी सिकारीमा संलग्नलाई पक्राउ तथा अनुसन्धान गर्न सफल भएका प्रहरी, नेपाली सेना तथा कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियो ।