
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ । ४ हजार ४ सय ७२ जनामा भएको पीसीआर परीक्षणमा ३ दशमलव ३५ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमध्ये काठमाडौंमा ५१, ललितपुरमा २२ र भक्तपुरका ११ जना गरी काठमाडौं उपत्यकामा ८४ जनामा संक्रमण देखिएको छ । आज भेटिएका संक्रमितको संख्या दुई महिना यताकै धेरै हो । यसअघि जनवरी २५ मा नेपालमा ३ सय ३२ जना संक्रमित भेटिएका थिए । यो सँगै नेपालमा २ लाख ७६ हजार ५६ जनामा संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको छ । हाल सम्म नेपालमा संक्रमणका कारण ३ हजार १९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप ९९ जना संक्रमण मुक्त भएका छन् । देशभर २ लाख ७२ हजार २० जनाले संक्रमण जितेका छन् । निको हुने यो दर कुल संक्रमित संख्याको ९८ दशमलव ५ प्रतिशत हो । देशभर १ हजार १७ जना संक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्