१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसदीय समितिको अनुगमन प्रभावकारी नएकाले स्वरूप फेर्नुपर्ने सांसद्हरूको जोड


0
Shares

काठमाडौं । सांसदहरूले संसदीय समितिले गर्ने अनुगमन प्रभावकारी नभएको भन्दै स्वरूप फर्नुपर्नेमा जोड दिएका छन् ।

संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको राज्यव्यवस्था तथा सुशासन समितिको सिंहदरबारमा आज बसेको बैठकमा सांसदहरूले समितिले गर्ने अनुगमनहरूको प्रभावकारिता नदेखिएकाले नयाँ ढङ्गले कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका हुन् ।

समितिको चालू र आगामी कार्यक्रमका सम्बन्धमा छलफल गर्दै सांसदहरूले परम्परागत रूपले गरिने अनुगमनले सम्बन्धित निकायको कार्यसम्पादनमा खासै फरक नपरेको बताए । औपचारिक भन्दा पनि अनौपचारिक रूपले अनुगमन गरी बास्तविक तथ्य पत्ता लगाउनुपर्नेमा उनीहरूको जोड छ ।

प्रतिनिधिसभाको पुनःस्थापनापछि संघीय संसदका विभिन्न समितिहरूले नियमित बैठक गरिरहेका छन् भने समितिले आगामी दिनमा गर्ने कामहरूको बारेमा छलफल थालेका छन् ।