
काठमाडौं । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा बदली भएर मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ११ दशमलव ८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २७ देखि २९ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।
आज बिहान सूर्योदय ६ बजेर ४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर १७ मिनेटमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्