१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ब्रेक फेल भएर दाङमा स्कुल बस दुर्घटना, एकको मृत्यु, १५ घाइते (अपडेट)


0
Shares

दाङ । तुलसीपुरको ज्ञानज्योति कलेजको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

दुर्घटनामा परेर ११ कक्षामा अध्ययनरत १८ वर्षीय सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बस्नेतको घटनास्थलमै मृत्यु भएको र चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएकाहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

दाङको डुरुवाबाट विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको रा १ क ४३३ नम्बरको बस ब्रेक फेल भई सरैयामा दुर्घटना भएको हो ।