१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


‘सी’ डिभिजन लिग दुई खेलहरु हुँदै


0
Shares

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा प्लानिङ ब्वाइज युनाईटेड र स्वयम्भु क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्लानिङ र स्वयम्भुबीचको खेल अपरान्ह सवा १२ मा सुरु हुनेछ । यस्तै दोस्रो खेलमा वीरगन्ज युथ एकेडेमी र समाज कल्याण खेलकुद केन्द्रबीच प्रतिस्पर्धा हुनेछ ।

यो खेल दिउँसो ३ बजे सुरु हुनेछ । यही चैत २४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् ।

सुपर सिक्सको शीर्ष ३ टोली ‘बी’ डिभिजनमा बढुवा हुनेछ । यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ ।

प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।