१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


0
Shares

तनहुँ । ब्यास नगरपालिका ५ सिर्दीमा हिजो बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

मोटरसाइकल चालक स्थानीय ५१ वर्षीय टिकाराम क्षेत्रीको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल दमौलीमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार तनहुँकै दुलेगौडाका ४९ वर्षीय सुरेश सुवेदीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

पोखराबाट दमौलीतर्फ आउदै गरेको ग ८ प ६६३९ नम्बरको मोटरसाइकल हिजो बेलुकी साढे ७ बजे आफै अनियन्त्रित भई सडक छेउको नालामा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।