
तेह्रथुम । गाउँमै छुर्पी उद्योग स्थापनासँगै तेह्रथुमको छथर गाउँपालिका ३ पञ्चकन्याका किसानले उत्पादन गरेको दूधले बजार पाउन थालेको छ ।
घिउ मात्र उत्पादन गर्दै आएका किसानहरु गाउँमै स्थापना भएको उद्योगले दूध खरिद गर्न थाले पछि खुशी भएका छन् ।
उद्योगले दूध खरिद गर्न थालेपछि आम्दानीको श्रोतको रुपमा पशुपालन रोज्न सुरु गरेका छन् ।
यहाँका किसानले २ लिटरदेखि ८ लिटरसम्म दूध उत्पादन गर्न थालेका छन् । उपयोगमा नआएको दूध बिक्री हुन थालेपछि किसानलाई राहत मिलेको दूध उत्पादक किसान मदन तामाङले जानकारी दिनुभएको छ ।
छुर्पी जलकन्या कृषक पशुपालन सहकारी सस्था छथर २ लाई बिक्री गर्न थालिएको छ ।
प्रतिक्रिया दिनुहोस्