
काठमाडौं । चालू आर्थिक बर्षमा सुदूरपश्चिम प्रदेश सरकार न्यून रहेको छ । चालू आर्थिक वर्षकोे गत फागुनसम्म २० प्रतिशत मात्रै विकास खर्च भएको छ ।
प्रदेश सरकारले पुँजीगततर्फ २०.७३ र चालूतर्फ २२.८५ प्रतिशत मात्रै बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय कैलालीले जनाएको छ । गत आर्थिक वर्ष फागुन मसान्तसम्म विकास बजेट १७.२६ प्रतिशत खर्च भएकोमा यसपालि त्यो प्रतिशत २० पुगेको छ ।
प्रतिनिधिसभा भंग भएर नेकपामा देखिएको विवादपछि मुख्य बजेट खर्च गर्ने सुदूरपश्चिमका दुई मन्त्रालय दुई महिनादेखि खाली रहेपछि बजेट खर्च प्रभावित बनेको छ । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयनै खाली हुँदा बजेट खर्च कम भएको हो । प्रदेशभरिमा सबैभन्दा बढी बजेट कार्यान्वयन गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालयको फागुन मसान्तसम्मको वित्तीय प्रगति २५ प्रतिशत भएको छ ।
११ अर्बको विकास बजेटमा त्यस मन्त्रालयले दुई अर्ब ८२ करोड मात्रै खर्च गर्न सकेको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयमा दुई अर्ब पुँजीगत बजेट छ । तर उसले पनि फागुन मसान्तसम्म ३६ करोड मात्रै खर्च गर्न सकेको छ । त्यो प्रतिशतमा १७ मात्रै हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका भागमा मात्रै ४५ करोड पुँजीगत बजेट राखिएको छ । त्यसमध्ये फागुनसम्म १ करोड ८० लाख मात्रै खर्च भएको छ ।
प्रतिक्रिया दिनुहोस्