२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


तत्काल सरकारमा नजाने देउवाको भनाइ


0
Shares

congress sher bahadur deuba

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई सरकारमा जान हतार नभएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले परिपक्व आधार नभइ सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नगर्ने बताउनुभयो ।

सभापति देउवाले उपयुक्त समय आए कांग्रेस सरकारको नेतृत्व लिन पछि नहट्ने उल्लेख गर्नुभयो । उहाँले एमाले बाहेकका दलहरूसंग मिलेर सरकार बन्ने स्थिति भएपछि मात्र सरकारमा जान सक्ने बताउनुभयो ।

कम्युनिष्टहरूले शान्ति, स्थिरता र विकास भनेर भोट मागेको भन्दै सभापति देउवाले उनीहरूको कलहले मुलुक संकटमा फसेको जिकिर गर्नुभयो ।

सभापति देउवाले नयाँ सरकार बन्न नसक्ने परिस्थितिमा निर्वाचनमा जानु नै उत्तम विकल्प भएको बताउनुभयो ।