२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लोकसेवा आयोग पदाधिकारीविहीन हुँदै


0
Shares

काठमाडौं । लोकसेवा आयोग पदाधिकारी विहिन हुने भएको छ । भाेलिदेखि आयोग पदाधिकारीविहिन हुँदा निजामति प्रशासन सञ्चालनमै गम्भीर असर पर्ने अवस्था सिर्जना हुँदैछ ।

तत्काल बढुवाको सबै प्रक्रिया रोकिने छ भने परीक्षाहरू रोकिने र नतिजा प्रकाशन गर्ने काम पनि रोकिने छ । आयोगका अध्यक्ष उमेश मैनालीले पदाधिकारी नियक्त नहुँदा सरकारी उच्च पदका बढुवाहरू अन्तरवार्ताहरू समेत रोकिने अवस्था रहेको बताउनुभयो ।

अध्यक्ष मैनालीले कर्मचारीहरूको बढुवाको आन्तरिक र खुला प्रतियोगितामा विभेद रहेको पनि बताउनुभयो । उहाँले सेवामा रहेको व्यक्तिले खुला प्रतिस्पर्धामा आउने योग्य भन्दा बढी सुविधा पाउने गरेको बताउनुभयो ।

मैनालीले निजामति सेवा ऐनमा भएको व्यवस्थाले सेवामा निरन्तर रहेको व्यक्तिलाई उमेरको हदमा छुट दिएको तर त्यही पदमा खुलाबाट प्रतिस्पर्धा गर्नेलाई ३५ वर्षको उमेर हद रहेको बताउनुभयो ।

तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले २०७१ साल चैत्र ११ गते आयोगमा अध्यक्ष मैनाली सहितको पदाधिकारी नियुक्त गरेको थियो ।