
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टीका नेता, कार्यकर्ताको रिहाइका लागि गृहकार्य सकारात्मक रूपमा अगाडि बढेको बताउनुभएको छ ।
संसद भवनमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा मुद्दा मामिलाको विषयमा गृहकार्य सकारात्मक रूपमा अगाडी बढेको बताउनुभयो ।
जसपाकै अर्का नेता लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीसँगको भेटमा माग पूरा गर्ने आश्वासन आएको भए पनि देखिने गरी काम नभएको बताउनुभयो । उहाँले छलफलको क्रममा जसपाको सहयोग चाहिए काम गरेर देखाउनुपर्ने अनि मात्रै जसपाले निर्णय गर्ने बताएको बताउनुभयो ।
नेकपा(एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले भने जसपा र एमालेबीचको सम्बन्धमा कुनै शर्त नभएको बताउनुभयो । रेशम चौधरीको रिहाइ, मधेस आन्दोलनसँग सम्बन्धित विषयमा कुरा भए पनि सत्ता साझेदारीको विषयमा कुरा नउठेको उहाँको भनाइ थियो ।
नेता नेम्बाङले दुईपार्टीबीच राम्रो सम्बन्ध भयो भने सत्ता समीकरण हुनसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्