
काठमाडौं । पठाओ नेपालले राइडरहरूलाई पठाओको लोगो अङ्कित कुनैपनि कपडा लगाएर राइड गर्न रोक लगाएको छ छ ।
मंगलबार सरकारी निकाय र पठाओबीच भएको छलफलपछि कम्पनीले राइडरलाई पठाओको लोगो अङ्कित कपडा लगाउन रोक लगाएको हो ।
अफलाइन राइडको विकृतिलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन लोगो अंकित कपडा लगाउन रोका लगाइएको कम्पनीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिनुभयो ।
कम्पनी अर्को सूचना नआएसम्मको लागि लोगो अंकित कपडा प्रयोग नगर्न निर्देशन दिएको हो । कोही राइडरले पठाओको ब्रान्ड झल्कने कुनै कपडा प्रयोग गरेर राइड गरे कारबाही हुने बस्न्यातद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कम्पनीले राइडलाई भने निरन्तरता दिने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्