१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रोहिंग्या शरणार्थी शिविरमा भएको आगलागीमा बेपत्ता ४ सय जनाको खोजी तीब्र


0
Shares

एजेन्सी । बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा भएको आगलागीमा बेपत्ता भएका ४ सय जनाको खोजी कार्य तीब्र पारिएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी युएनएचसीआरका अनुसार आगलागीमा हालसम्म १५ जनाको मृत्यु भएको र ४ सय जना अझै हराइरहेका छन् ।

आगलगीका कारण ५० हजार घरपरिवार बिस्थापित भएका छन् । बंगलादेशको काक्समा रोहिंग्या शरणार्थीका लागि सन् २०१७ मा निर्माण गरिएको शिविर आगलागीका कारण ध्वस्त भएको छ ।

आगलागीमा एक हजार घर जलेर नष्ट भएको छ । ११ लाख रोहिग्यां रहेको यो शिविरमा आगलागी भएपछि भागदौड मच्चिएको थियो ।

म्यानमारमा भड्केको हिंसासँगै लाखौंको संख्यामा रोहिग्यांहरु बंगलादेशमा शरण लिन पुगेका थिए ।

यसैबीच बंगलादेश सरकारले आगलागी पीडितहरुलाई हाल अस्थायी क्याम्पमा राखिएको छ भने केहीले साथीभाइहरुको घरमा शरण लिन पुगेका छन् ।