
एजेन्सी । कोरोना भाइरसको संक्रमण दर दिनानुदिन बढ्दै गएपछी भारतको राजधानी नयाँ दिल्लीमा होली लगायतका पर्व मनाउन रोक लगाइएको छ ।
दिल्ली विपत् व्यवस्थापन प्राधिकरणले होली लगायतका पर्वमा भीडभाड हुने कुनै कार्यक्रम, सम्मेलन हुन नदिने निर्णय गरेको हो ।
प्राधिकरणले सबै जिल्ला अधिकारीहरुलाई निर्णय कार्यान्वयन गर्न आदेश समेत दिएको छ ।
भारतमा केही साता यता दैनिक हजारौं मानिसमा कोरोना संक्रमण देखिँदै आएको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा १ हजार १ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै ४ जना संक्रमितको मृत्यु भएको छ । भारतमा हिजो ४० हजारभन्दा बढीमा संक्रमण देखिएको थियो । भारतको महाराष्ट्रमा दैनिक २५ हजार संक्रमित थपिने गरेका छन् ।
महाराष्ट्रको पुणे जिल्ला सबैभन्दा बढी संक्रमित रहेको र नागपुरमा पनि संक्रमण दर उच्च बिन्दुमा पुगेको छ ।
उत्तर प्रदेशमा पनि होली पर्वका बेला भीडभाड नगर्न आदेश जारी गर्दै बिशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्