
म्याग्दी । म्याग्दीको बेनी मंगलाघाटबाट एक जना युवा लागुऔषधसहित पक्राउ परेका छन् ।
रघुगंगा गाउँपालिका–६ कोटगाउँका २१ वर्षिय साजन शेरपुञ्जालाई २ सय ९७ थान लागुऔषधसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले जानकारी दिनुभयो ।
शेरपुञ्जाले लागुऔषध ओसार पोसार र प्रयोग गर्ने गरेको सुराकीको आधारमा उनकै कोठाबाट पक्राउ गरीएको हो ।
प्रहरीले शेरपुञ्जाको कोठाबाट विभिन्न लागुऔषध बरामद गरेको जनाएको छ । शेरपुञ्जाको साथबाट बरामद भएको यो लागुऔषधको परिणाम जिल्लामा अहिलेसम्मकै ठूलो रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्