१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


बैतडीमा उपमेयर कप उपाधि थालिगडालाई


0
Shares

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न चौथो संस्करणको उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिकाको वडा नम्बर ६ थालिगडाले हात पारेको छ ।

थालिगडाले फाइनल खेलमा साविक विजेता दशरथचन्द नगरपालिका २ देहिमाडौंलाई ९ विकेटले पाखा लगाउँदै थलिगडाले उपाधि रक्षा गरेको हो । थालिगडा यसअघि पहिलो संस्करणको च्याम्पियन टोली पनि हो ।

उपाधिसँगै थालिगडाले ४५ हजार रुपैयाँसहितका पुरस्कार हात पा¥यो भने देहिमाडौंले ३० हजारमा चित्त बुझाउनु प¥यो । देहिमाडौंले दिएको ९७ रनको झिनो लक्ष्य थालिगडाले मात्र १ विकेटको क्षतिमा १० ओभरमा सहज रुपमा पूरा ग¥यो । देहिमाडौंकी निर्मला बोहराले मात्र १ विकेट लिइन् । दशरथचन्द खेल मैदानमा त्यसअघि पहिला ब्याटिंग गरेको देहिमाडौं १९ ओभरमा ९६ रनमा समेटिएको थियोे ।

जसमा मिना रावतले सर्वाधिक १७ रनको योगदान दिइन् । देहिमाडौंलाई समेट्न थालिगडाकी सुनिता लुहारले ४ विकेट हात पारिन् । उत्कृष्ट प्रदर्शन गरेकी थालिगडाकी सुनिता लुहार ओम्यान अफ द फाइनल भइन् ।