
झापा । प्रजातान्त्रिक समाजवादका योद्वा तथा नेपाली कांग्रेसकी नेतृ गिरीराजकुमारी प्रसाईंको निधन भएको छ । उहाँको ९० वर्षको उमेरमा गएराति निधन भएको हो ।
प्रजातान्त्रिक समाजवादका योद्वा लोकतान्त्रिक आन्दोलनका आर्दश नेताका रुपमा परिचित स्व. सिके प्रसाई (भरतवावु ) की श्रीमती गिरिराजकुमारीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले जानकारी दिनुभयो ।
सिके प्रसाईसँगै राजनीतिमा होमिएकी गिरिराजकुमारी २०५१ सालको आम निर्वाचनमा झापा साविक क्षेत्र नं २ बाट संसदीय निर्वाचनमा वर्तमान प्रधानमन्त्री केपी शर्मओली सँग प्रतिष्पर्धा गर्नुभएको थियो ।
दिवंगत प्रसाईको आजै दिउँसो १ बजे कन्काई माईमा अन्त्येष्टि गरिने पारिवािरक श्रोतले जनाएको ।
प्रतिक्रिया दिनुहोस्