
web pic
दाङ । जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–१७ कटुवाखोलानजिक ना ५ ख २०६२ नम्बरको ट्रकले ठक्कर दिँदा साइकल यात्री घोराही उपमहानगरपालिका– ३ का ४० वर्षीय बिष्णु चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै घोराही उपमहानगरपालिका– ७ जबरपुरमा रोकिएको ना ४६ ख ८७३७ नम्बरको ट्रकमा रा ४ प ४९१४ नम्बरको मोटरसाइकल ठोक्किँदा घोराही–५ का २१ वर्षीय रविन डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्