१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


खोरबाट बाघ भागेपछि बाँकेमा आतंक


0
Shares

काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जले खोरमा थुनेर राखेको पाटेबाघ भागेपछि उच्च सतर्कता अपनाइएको छ ।

नरभक्षी बाघ खोरबाट भागेपछि उच्च सर्तकता अपनाउन निकुञ्जले पटक पटक सूचना जारी गरिरहेको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले खोरमा थुनिएको बाघ आफैँ निस्केपछि निकुञ्जअन्तर्गत पर्ने राजमार्ग र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन सूचित गरिएको बताउनुभयो ।

मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दालाई अत्यावश्यक कामबाहेक जङ्गलभित्र प्रवेश नगर्न उहाँले आग्रह गर्नुभयो ।

निकुञ्ज कार्यालयले पूर्वपश्चिम राजमार्गको शिवखोलादेखि प्रगतिनगरसम्मको क्षेत्रमा रातको समयमा पैदल, साइकल र मोटरसाइकलबाट आवतजावत नगर्न सूचना जारी गरेको छ ।

बर्दियाको खाता जैविक मार्गबाट यही चैत ५ गते नियन्त्रणमा लिइएको बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्जसमक्ष बुझाएको थियो ।

बाँके निकुञ्जको खैरी पोष्ट क्षेत्रमा राखिएको खोरबाट मङ्गलबार बिहान ६ बजेतिर बाघ भागेपछि निकुञ्जअन्तर्गत पर्ने पूर्वपश्चिम र रत्न राजमार्ग तथा मध्यवर्ती क्षेत्रमा उच्च सर्तकता अपनाइएको छ ।