
एजेन्सी । उत्तर कोरियाले फेरी दुईवटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ ।
उत्तर कोरियाले जापानी सागरमा दुई ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जापानी अधिकारीले बताएका छन् ।
जापानका प्रधानमन्त्री योसिहिदे सुगाले उत्तर कोरियाले गरेको मिसाइल परीक्षणले क्षेत्रीय सुरक्षा र शान्तिमा खतरा पैदा गरेको टिप्पणी गर्नुभएको छ ।
अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएपछि उत्तर कोरियाको यस्तो प्रकृतिको पहिलो परीक्षण हो ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रावधान अनुसार उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गर्न पाउँदैन ।
केही दिन अघि मात्रै उत्तर कोरियाले यल्लो सी मा दुईवटा नन–ब्यालेस्टिक क्रुज मिसाइल प्रक्षेपण गरेको थियो ।
क्रुज मिसाइलको परीक्षण प्रतिबन्धित छैन । तर ब्यालेस्टिक मिसाइललाई खतरनाक हतियार मानिन्छ ।
प्रतिक्रिया दिनुहोस्