१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल पक्षद्धारा ओलीलाई प्रश्नसहितको स्पष्टीकरण दिने तयारी


0
Shares

काठमाडौं । एमाले वरिष्ठ नेता माधवकमार नेपाल पक्षले प्रधानमन्त्री तथा पार्टी अध्यक्षमाथि प्रश्नसहितको स्पष्टीकरण दिने तयारी गरेको छ ।

जवाफको रुपमा पार्टी अध्यक्ष केपी ओलीबाट भए गरेका काम कारबाही, केन्द्रिय कमिटिको पछिल्लो निर्णय र त्यसको बैधानिक हैसियतमाथि प्रश्न उठाईने नेपाल पक्षीय नेताहरुले बताएका छन् ।

स्पष्टीकरणको विषयमा धारणा बनाउन हिजो दिनभर छलफलमा जुटेका नेपाल पक्षका नेताहरु निर्णयमा भने पुग्न सकेनन् ।

ओलीलाई अलग अलग या संयुक्तरुपमा जबाफ दिने भन्नेबारे उनीहरुबीच सहमति जुटेको छैन ।

ओलीले महासचिव ईश्वर पोखरेलमार्फत नेकपामा रहँदा र एमालेमा आएपछिका गतिविधिलाई आधार बनाउँदै पार्टी विधान उल्लंघन गरेको आरोपसहित नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई केही साझा र केही अलगअलग प्रश्नसहित स्पष्टीकरण पत्र पठाएका छन् ।

पत्रमा उनीहरुलाई तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहालको मतियार भएकोदेखि ओलीविरुद्ध षड्यन्त्र गरेको र पार्टी विभाजनका लागि गतिविधि गरेको आरोप लगाइएको छ ।

तीन दिने स्पष्टीकरणको म्याद हिजो सकिए पनि आज थप छलफल गरेपछि जवाफ दिने नेपाल पक्षको तयारी छ ।