८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


चितवन, सिन्धुली र पाँचथरमा भएका सवारी दुर्घटनामा चारको मृत्यु, ६ जना घाइते


0
Shares

चितवन सिन्धुली पाँचथर । चितवन, सिन्धुली र पाँचथरमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

ट्रकले कारलाई ठक्कर दिदाँ चितवनमा २ जनाको मृत्यु भएको हो । मुग्लिन नारायणगढ सडक खण्डको दासढुङगामा ट्रक र कार ठोक्किएका थिए ।

मृत्यु हुनेमा तनँहु स्याम्घा–४ का धर्मराज गौली र कास्की लेखनाथ नगरपालिकाका रामकृष्ण भुजेल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी कारमा सवार चालक सहित ५ जना घाईते छन् । यता सिन्धुलीको दुधौली नगरपालिकामा ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुधौली नगरपालिका १३ ठाकुरदमारका इन्द्रबहादुर खड्का रहेका छन् । दुर्घटनामा दाङका भगतराम चौधरी गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

भिरबाट खसेको ट्याक्टरबाट शव निकाल्न पनि समस्या भएको प्रहरीले जनाएको छ ।

उता पाँचथरको फाल्गुनन्द गाँउपालीका–५ सुलुम्फीमा जिप दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा फाकफोकथुम–७ एकतप्पाका २२ वर्षिय पदम लिम्बु रहेका छन् । यासोकबाट दमकतर्फ गईरहेको जिप ब्रेक फेल दुर्घटना भएको प्रहरीले जनाएको छ ।