२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


जर्मनीले नेपाललाई एक अर्ब ३७ करोड अनुदान दिने


0
Shares

काठमाडौं । जर्मनीले नेपालको हरियाली पुनस्थापना र समावेशी विकासका लागि १० मिलियन युरो (करिब एक अर्ब ३७ करोड रुपैयाँ) अनुदान दिने भएको छ ।

यसका लागि अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच सम्झौता भएको हो ।

सहयोग नेपालको ग्रामीण भेगमा केन्द्रित हुने बताइएको छ । यो सहयोगले जर्मनीले नेपाललाई आर्थिक चुनौतीमा ऐक्यबद्धता जनाएको र जर्मनीलाई जलवायु परिवर्तनले खडा गरेको चुनौती सामना गर्न विश्वव्यापी रूपमा भएको प्रयासमा मद्दत गरेको उल्लेख गरिएको छ ।