
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माधवकुमार नेपाल समूहले केन्द्रीय समिति बैठक बोलाएको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले गरेका निर्णयहरू, पछिल्ला गतिविधि र भावी रणनीतिबारे छलफल हुने नेपाल पक्षका नेताहरुले जनाएका छन् ।
यसैबीच नेपाल समूहका नेताहरूले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मागेको स्पष्टिकरण पनि तयार पारेको जनाएका छन् ।
यसअघि अध्यक्ष ओलीले पार्टी र संसदीय दलको विधानविपरीत कार्य गरेको भन्दै एमाले वरिष्ठ नेता नेपालसहित ४ जनालाई स्पष्टिकरण सोधेका थिए ।
सोमबार काठमाडौंमा बसेको उक्त समूहका उपलब्ध स्थायी कमिटी सदस्यको बैठकले अध्यक्ष ओलीले सोधेको स्पष्टिकरणको जवाफ राजनीतिक रूपमा सामूहिक दिने निर्णय गरेको थियो ।
तीन दिने म्याद राखेर स्पष्टीकरण सोधिएको भएपनि नेपाल पक्षले चौथो दिन मात्र जवाफ पठाउने तयारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस्