१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दुर्गाप्रसादले नागरिकता बनाए


0
Shares

इलाम । माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकताको प्रमाण पत्र बनाउनुभएको छ ।

४१ वर्ष भारतीय जेलमा बन्दी जीवन बिताएर गत आइतबार नेपाल फर्कनुभएका तिम्सिनाले बिहिबार जिल्ला प्रशासन कार्यालय इलाममा पुगेर नागरिकता लिनुभएको हो ।

भतिजो गोपाल तिम्सिना, भाई धिरेन्द्र शर्मा रमण सहित प्रशासनमा पुग्नुभएका तिम्सिनालाई प्रशासकीय अधिकृत देवीचरण फुयाँँलले ०३–०१–७७ –०३२५१ नम्बरको नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो ।

नागरिकता लिन कार्यालय पुग्नुभएका तिम्सिनालाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले खादा ओडाएर सम्मान गर्नुभएको थियो । तिम्सिनाको साबिकको इलामको एकातप्पा गाविसको दोकानडाँडामा २०१७ साल साउन २० गते जन्म भएको हो ।

नागरिकता पाउँदा खुसी लागेको तिम्सिनाले बताउनुभयो ।