
एजेन्सी । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । युरोपमा कोरोना भाइरससम्बन्धी नयाँ चरणको प्रतिबन्ध सुरु भएसँगै तेलको मूल्य ओरालो लागेको हो ।
मूल्य घट्नुको अर्को कारण स्वेज नहरमा आवागमन अवरुद्ध हुनु पनि रहेको अधिकारीहरुले बताएका छन् । स्वेज नहरमा एउटा कन्टेनर सिप अड्किएर मार्ग अवरुद्ध भएको छ । हिजो लन्डनस्थित आइसिई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १ दशमलव ७ प्रतिशतले घटी ६३ डलर ३१ सेन्टमा आएको छ ।
वेष्ट टेक्सास इन्टरमिडियटको भाउ पनि प्रतिब्यारेल २ दशमलव १ प्रतिशतको कमीसहित ५९ डलर ९१ सेन्टमा झरेको थियो । विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानीको बाटो स्वेज नहरमा जहाज अड्किएर बाटो ठप्प भएको खबर सार्वजनिक पछि बुधवार भने दुबै बेञ्चमार्कको भाउ करीब ६ प्रतिशतले बढेका थिए ।
प्रतिक्रिया दिनुहोस्