१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


नेपाल समूहले डाक्यो केन्द्रीय सदस्यको बैठक


0
Shares

काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले आफ्नो पक्षका केन्द्रीय सदस्यको बैठक बोलाएको छ

। पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको प्रतिप्रश्नसहित जवाफ दिएका यो पक्षका नेताहरु आज छलफलमा जुटेका हुन् । वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालले हिजो छुट्टा छुट्टै स्पष्टिकरण बुझाएका थिए ।

नेता नेपालले दिएको स्पष्टीकरणमा सर्वोच्च अदालतको फैसलाको आशय विपरित फागुन २८ गते केन्द्रीय समितिको वैठक राखेर अध्यक्ष ओलीले नै विधान मिचेको आरोप लगाइएको छ ।

त्यस्तै अध्यक्ष ओलीले जन भावना र संविधान विपरित प्रतिनिधिसभा भंग गरेपछि पार्टीप्रति जनविश्वास कायम राख्नका लागि ओली विरुद्ध अविश्वास प्रस्ताव अघि बढाउन खोजेको जिकीर पनि गरिएको छ । यस्तै अर्का नेता रावलले अध्यक्ष ओलीले देशको संविधान मात्रै नभई पार्टीको विधान समेत मिचेको आरोप लगाउनु भएको छ । रावलले १४ बूँदे स्पष्टिकरणमा अध्यक्ष ओलीमाथि प्रश्नहरु गर्नु भएको छ ।