
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर भन्सार नाकामा हेल्थडेस्क स्थापना गरिएको छ ।
भारतमा कोभिड १९ को संक्रमण पुनः फैलिएसँगैं भारतबाट आउने नेपालीहरूको स्वास्थ्य चेकजाच लागि हेल्थडेस्क स्थापना गरिएको कृष्णनगर स्वास्थ्य शाखाले जनाएको छ ।
कोभिड १९ को प्रभाव नेपालमा रोक्नको लागि भारतसँगका सिमानाकाहरूमा हेल्थडेस्क राख्ने योजना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कृष्णनगरका नगरप्रमुख रजत प्रताप शाहले हेल्थ डेस्कको उद्घाटन गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्