१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री राई, माओवादी छाडेर एमाले लागेकालाई मन्त्री उपहार


0
Shares

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गर्न लाग्नुभएको छ ।

गत पुस १२ गतेयता मुख्यमन्त्रीसहित चारवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएका मुख्यमन्त्री राईले प्रदेश सरकार विस्तारको तयारी थाल्नुभएको हो ।

तत्कालीन नेकपाका ३७ जना प्रदेशसभा सदस्यले पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता गराएको अविश्वास प्रस्ताव प्रदेशसभामा टेबल भएको छ ।

अविश्वास प्रस्ताव दर्तापछि अल्पमतमा परेका मुख्यमन्त्री राईको सरकार सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै मजबुत भएको छ ।

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले सामूहिक फिर्ता लिने घोषणा गरेका छन् ।

मुख्यमन्त्री पद सुरक्षित भएपछि राईले मन्त्रिमण्डल विस्तारको तयारी थाल्नुभएको हो । प्रदेश १ मा सातवटा मन्त्रालय छन् ।

मुख्यमन्त्री राईले मुख्यमन्त्रीसहित चारवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । दुई मन्त्रालयको जिम्मेवारी सम्हालिरहनुभएका प्रदेश सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीका अनुसार विस्तारित मन्त्रीमण्डल १०–११ जनाको हुनसक्छ ।

विस्तारित मन्त्रिमण्डलमा माओवादी छाँडेर एमालेमा लागेका सांसदलाई पनि मन्त्री बनाउने योजना छ ।