१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बहिनी शिक्षाका लागि दिदी कार्यक्रम


0
Shares

पर्सा । पर्सामा बहिनी शिक्षाका लागि दिदी कार्यक्रम सञ्चालन गरीएको छ । विद्यालय तहमा सीमान्तकृत समुदायका बालिकाहरुको पढाइ निरन्तरता र कक्षा छाड्ने दर घटाउन बहिनी शिक्षाका लागि दिदी कार्यक्रम सञ्चालन गरिएको हो ।

बालिकाहरुको शिक्षा पाउने अधिकार सुनिश्चित गर्न र समुदायबाट लैङ्गिक हिंसाको असर घटाउन माथिल्लो र तल्लो कक्षाका छात्राबीचको सञ्जाल बनाएर कार्यक्रम सञ्चालन गरीएको हो ।

कार्यक्रमले शिक्षाको गुणस्तरवृद्धि र स्थानीय सरकारलाई विद्यालय सुशासनमा सहयोग पुगेको सरोकारवालाहरुको भनाई छ ।

ठूली दिदीले सानी बहिनीलाई पढाएर घरायसी काममा समेत पूर्वाधार र अन्य पक्षमा सघाउन कार्यक्रमले सहयोग गर्नेछ ।

कार्यक्रमले बाल संरक्षण तथा सुरक्षा, सामुदायिक स्वयंसेवी कार्यक्रममार्फत अभिभावकको सहभागिता क्षेत्रमासमेत सुधार गरेको छ ।