
चितवन । चितवनमा उत्पादन हुने तरकारीमा अत्याधिक विषादी प्रयोग भएको पाइएको छ । कालिमाटी र महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्यधिक विषादी भेटिएपछि किसानलाई सचेत बनाउन सचेतना कार्यक्रम सुरु गरिएको छ ।
चितवनका किसानले उत्पादन गरेको तरकारी परीक्षण गर्दा अत्यधिक विषादीको मात्रा भेटिएपछि खेतबारीमा पुगेर किसानलाई बिषादीबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । देशकै ठूलो तरबारी बजार कालीमाटीमा सबै भन्दा बढी तरकारी चितवनबाट आउने गर्छ ।
प्रतिक्रिया दिनुहोस्