
काठमाडौं । जीर्ण अवस्थामा रहेको तबो मानन्धरहरूको आगम घरको पुनःनिर्माण हुने भएको छ । पुनःनिर्माणको शुक्रबार बागमती प्रदेशका सांसद राजेश शाक्यले शिलान्याश गर्नुभयो ।
भिमसेनस्थानमा रहेको लिच्छवीकालीन कलात्मक घर जीर्ण अवस्थामा पुगेपछि सांसद शाक्यले पुनःनिर्माणका लागि सांसद विकास कोषबाट ३ लाख रुपैयाँ प्रदान गर्नुभएको हो । आगम घरको शिलान्याश गर्दै उहाँले पुनःनिर्माणको काम तीन महिनाभित्र सकिने बताउनुभयो ।
आगम घर पुनःनिर्माणमा मानन्धरहरूले चासो देखाएपछि सांसद शाक्यले पुरानै शैलीमा निर्माण हुने गरी काम थालिएको र समयमै सकिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्