४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


कास्कीको माछापुच्छ्रे गाउँपालिका एक हप्ता बन्द


0
Shares

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका एक हप्ता बन्द हुने भएको छ । कोरोना सङ्क्रमित बढेको भन्द्र गाउँपालिकाले एक हप्ताको लागि कार्यालय बन्द गर्न लागेको हो ।

गाउँपालिका कार्यालय रहेको वडा नम्बर–४ को लाहाचोकमा केही दिनयता संक्रमित बढेकाले शुक्रबारदेखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको अध्यक्ष कर्णबहादुर गुरुङले जानकारी दिनुभयो ।

गाउँको एक शहकारीबाट भ्रमणमा गएर फर्किएका तीन जनामा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा थप १३ जनामा संक्रमण पुष्टि भएको थियो । कार्यालयबाट सेवा प्रवाह गर्दा संक्रमण अझ बढ्न सक्ने भएकाले बन्द गर्न लागिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।