१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अमेरिकामा वर्षासँगै आएको तुफानमा परी ५ जनाको मृत्यु


0
Shares

एजेन्सी । अमेरिकामा भारी वर्षासँगै आएको तुफानमा परेर ५ जनाको मृत्यु भएको छ । अलाबामा राज्यमा तुफानका कारण घरहरू भत्किएर ५ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तुफानका कारण अमेरिकाका विभिन्न राज्यका सयौं परिवार विस्थापित भएका छन् । तुफानको सबैभन्दा बढी प्रभाव अलाबामा शहरमा परेको समाचारमा उल्लेख छ । त्यहाँका अधिकांश घरहरू ध्वस्त भएका छन् ।

तुफानको प्रभाव बढ्दै गएपछि अलाबामामा अर्को सूचना जारी नभए सम्मका लागि कलेज र विद्यालय बन्द गरिएका छन् । सन् २०१९ मा आएको तुफानका कारण त्यहाँ २० जनाको मृत्यु भएको थियो ।