१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नाै पत्रिका र दुई अनलाइनलाई प्रेस काउन्सिलको चेतावनी, अटेर गरे कारबाही गर्ने


0
Shares

काठमाडौं । सञ्चारमाध्यमको नियमनकारी संस्था प्रेस काउन्सिल नेपालले रक्सीको विज्ञापनको भाषा र प्रस्तुति नसुधारे कारबाही गर्ने चेतावनी दिएको छ ।

शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै काउन्सिलले यस्ता हाल प्रकाशन भएका विज्ञापनमा मदिरा सेवनलाई उत्प्रेरित गर्ने किसिमको भएकाले तत्काल संशोधन गर्न निर्देशन दिएको छ ।

‘मनाऔं होली रमेर… जता भए पनि’, होलीको शुभकामना, ह्याप्पी होली जस्ता भाषा, प्रस्तुति, वाक्य राखी छापा लगायतका सञ्चारमाध्यमबाट सम्प्रेषण भएको रक्सी सम्बन्धी विज्ञापनप्रति आपत्ती जनाएको हो ।

पत्रकार आचारसंहिताको खिलाफ गएर विज्ञापन छापेको भन्दै काउन्सिलले क बर्गका पत्रिकाहरू गोरखापत्र, कान्तिपुर, राजधानी, नयाँ पत्रिका, दि हिमालयन, नागरिक, दि काठमाडौं पोस्ट, अन्नपूर्ण पोस्ट, समाचारपत्र, अनलाइनखबर, ईकान्तिपुर लगायतको नाम नै उल्लेख गरी विज्ञप्ति जारी गरेको हो ।