
एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाविरुद्धको १० करोड डोज भ्याक्सिन तत्काल वितरण गर्न उत्पादक कम्पनी र राष्ट्रहरुलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघले गरीब राष्ट्रहरुलाई खोप उपलब्ध गराउन समस्या भएको भन्दै उत्पादक राष्ट्र तथा कम्पनीहरुलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो । डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रियससले यसअघि वर्षको सरुरुवातमै आफूले एक सय दिनमा खोपको सुनिश्चत गर्न सम्बन्धित राष्ट्रहरुलाई आग्रह गरेको भन्दै खोप उपलब्ध गराउने विषयमा गम्भीर बन्न आग्रह गरेका हुन् । केही राष्ट्रले खोप उपलब्ध गराउने प्रतिवद्धता जनएपनि ढिलाइ भएको भन्दै उहाँले बढी जनसंख्या रहेका र अत्याधिक जोखिममा रहेकाहरुलाई तत्काल खोप उपलब्ध गराउनुपर्ने बताए । अझै २० भन्दा बढी राष्ट्रलाई खोप उपलब्ध गराउन नसकेको भन्दै टेड्रोसले दुई साताभित्रै प्रतिवद्धताअनुसारको खोपको मात्रा उपलब्ध गराउन आग्रह गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्