
बिराज रोस्यारा
कैलाली । भारतमा कोरोना संक्रमण तीव्र भएपछि कोरोनाको त्रास र आफ्नो मौलिक पर्व मनाउने भन्दै रोजगारीका लागि भारत गएका नेपालीहरु धमाधम घर फर्कन थलेका छन् । सिमाबाट दैनिक हजारौको सख्यामा नेपाली फर्किदा पनि सिमानाकामा स्वास्थ्य परिक्षणमा अझै तादरुकता देखाइएको छैन् ।
सिमानाकामा सामान्य स्वास्थ्य जाँचसमेत नहुँदा सर्वसाधरणमा कोरोनाको त्रास बढ्दै गएको छ । स्वास्थ्य सतर्कता नअपनाए सुदूरपश्चिममा संक्रमण पुनः तीव्र रुपमा फैलनसक्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । संक्रमण फैलन नदिन भारतबाट फर्कनेहरुमा कोरोना परिक्षण गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको सुझाव छ । कञ्चनपुरमा पर्ने त्रिनगर र गड्डाचौकी नाकाबाट अहिले दैनिकरुपमा एक हजार भन्दा बढी नेपाली भित्रिरहेको प्रहरीले जनाएको छ ।
नाकामा स्वास्थ्य सहायता कक्ष राखिएको भए पनि भारतबाट फर्कने सबैको सामान्य ज्वरो नाप्ने र कोरोनाका लक्षणहरुबारे बुझ्ने कामसमेत भएको छैन । ढीलो गरी राखिएका हेल्थ डेस्क सञ्चालन गरीएको छ तर, प्रभावकारी छैन् । जनशक्ति कम भएकाले भारतबाट सबैको स्वास्थ्य जाँच गर्न नसकिएका चिकीत्सक गणेशबहादुर साउँदले बताउनुभयो । भारतबाट फर्कनेको भीड बढेकाले सीमित जनशक्ति रहेको हेल्थ डेस्कमा सबैको स्वास्थ्य जाँच गर्न संभव देखिएको छैन् ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले भारतमा संक्रमणको दोस्रो लहर देखिएकोले सुदूरपश्चिममा पनि कोरोना संक्रमण फैलने जोखिम बढेको भन्दै सतर्कता अपनाउन आव्हान गरीसकेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले भारतमा संक्रमण फैलिएपछि सुदूरपश्चिममा पनि संक्रमण पुनः फैलने जोखिम बढेको बताउनु भयो । नाकामा आवतजावत गर्नेको कोरोना जाँचका लागि सम्बन्धित स्थानीय तहलाई एण्टीजेन पठाइएको कार्कीले जानकारी दिनुभयो ।
बिसु पर्व मनाउन सुदूरपश्चिमका विभिन्न जिल्लामा भारतबाट धमाधम घर फर्किरहेका छन । नाकामा परिक्षण र परिक्षणबाट संक्रमित देखिएकाहरुलाई कहाँ, कसरी राख्ने भन्ने निर्णय सरकारले गर्नुपर्ने छ । सुदूरपश्चिममा बैशाख १ गते बिसु पर्व धुमधामसँग मनाउने गरिन्छ । कामविशेषले घर बाहिर रहेकाहरु यहाँको मौलिक पर्व बिसुमा सकभर घर फर्कने गर्दछन् । तर, यस्तो अवस्थमा र फर्कनेहरुलाई सरकारले उनीहरुको कोरोना परिक्षण गरी ढुककसंग पर्व मनाउने बातावरण बनाईदिनु पर्छ ।
प्रतिक्रिया दिनुहोस्