
एजेन्सी । म्यानमारमा सैन्य कू को विरोधमा प्रदर्शन चर्किरहेका बेला सेना प्रमुख जनरल मिन आङ लाइङले प्रजातन्त्र सुरक्षित रुपमा पुनस्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ।
सैनिक दिवसका अबसरमा सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले निर्वाचन गर्ने प्रतिबद्धता व्यक्त गरेपनि तिथि भने तोकेका छेन । सेना प्रमुख मिनले प्रजातन्त्र पुनस्थापनका लागि सम्पूर्ण देशवासीसँग हातेमालो गर्न चाहेको पनि बताए । प्रदर्शनकारीतर्फ लक्षित गर्दै उनले आफ्ना मागहरु पूरा गर्न स्थायित्व र सुरक्षामा जोखिम ल्याउने खालका गतिविधि स्वीकार्य नभएको स्पष्ट पारे ।
सेना प्रमुख मिनले जननिर्वाचित नेतृ आङ साङ सूची र उनको पार्टीले गैरकानुनी कार्य गरेकाले सेनाले सत्ता हातमा लिएको तर्क दोहोर्याए । हिजो मात्र राष्ट्रिय टेलिभिजनमा प्रदर्शनकारीलाई चेतावनी दिँदै टाउको र ढाडमा गोली हान्न सकिने समाचार सम्प्रेषण गरिएको थियो । गत फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि म्यानमारमा दिनहु विरोध प्रदर्शन भैरहेका छन् । प्रदर्शनका क्रममा हालसम्म ३ सय २० भन्दा बढीको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्