१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौंको तुवाँलो अझै केही दिन रहने


0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारदेखि एक्कासी लागेको बाक्लो तुवाँलोले अझै केही दिन वायुमण्डलको प्रदुषण कायमै रहने विज्ञहरूले बताएका छन् ।

हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आइतबारसम्म मौसम स्थिर रहने विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार सोमबारदेखि केही बादल विकसित भइ हावा पनि चल्ने देखिएकाले मौसममा केही सुधार हुने सम्भावना छ ।

शुक्रबार बिहान पनि एयर क्वालिटी इन्डेक्स (एक्युआई) रत्नपार्कमा १८७, महाराजगंजस्थित अमेरिकी दूतावासमा ४१०, दरबारमार्ग ४१६, झम्सिखेलमा ४०९ र भैंसेपाटीमा ३१६ छ । एक्युआई १५० भन्दा माथि भएमा अस्वस्थ मानिन्छ तर, राजधानीको अहिलेको एक्युआई ४०० भन्दा माथि छ जुन घातक हो ।

एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक वातावरणविद्हरू बताउँछन् । प्रदूषणको कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदीबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनुपरेमा मास्क लगाउन हुन र आवश्यक सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ ।