
तस्विर फाइल
काठमाडौं । सभामुख अग्नि सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताउनुभएको छ ।
संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेसनलाई सम्बोधन गर्दै सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौति थपेको बताउनुभएको हो । सभामुख सापकोटाले ठूला–ठूला बहसपछि संसदले गति लिन थालेको बताउँदै अब जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास दिलाउनुभयो ।
सभामुख सापकोटाले संसदमा जनअपेक्षा अनुसार काम नभएको स्वीकार गर्नुभयो । तर, राष्ट्रियताको सवालमा संसदले अद्भुत एकता प्रदर्शित गरेको र ठूला समस्याहरूको समाधान गरेको उहाँको भनाइ छ ।
सभामुख सापकोटोले अहिले ७० वर्ष लडेर ल्याएको लोकतन्त्रमाथि प्र्रश्न उठिरहेको भन्दै यसको रक्षाका लागि अझै एक सय वर्ष लड्न तयार हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्