२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


आठ महिनामा बागमती प्रदेशको बजेट खर्च २५ प्रतिशत मात्रै


0
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको आठ महिनामा २५ दशमलब ३५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।

प्रदेश सरकारले चालू वर्षको फागुन मसान्तसम्ममा कुल ५१ अर्ब ४२ करोड ७४ लाख रुपैयाँ बजेटमा १३ अर्ब ३ करोड ५१ लाख रुपैयाँ मात्र खर्च गरेको हो ।

फागुन मसान्तसम्ममा चालुतर्फ कुल बजेटको २५ दशमलब ८४ प्रतिशत र पुँजीगततर्फ कुल बजेटको २३ दशमलब ५० प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय बागमती प्रदेशले जनाएको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालुतर्फ २५ अर्ब ३ करोड २९ लाख रुपैयाँ र पुँजीगततर्फ २५ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । प्रदेश संसदले चालु आर्थिक वर्षको ८ महिना अवधिमा कुल बजेको ३९ दशमलब ८६ प्रतिशत बजेट खर्च गरिसकेको छ ।

त्यस्तै प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कुल बजेटको ८ दशमलब ६५ प्रतिशत मात्र बजेट खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा प्रदेश सरकारले कूल बजेको १९ दशमलब ५७ प्रतिशत मात्र बजेट खर्च गरेको थियो ।