१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सीडीओद्वारा गड्डाचौकी नाकाको स्थलगत निरीक्षण, मास्क वितरण


39
Shares

कञ्चनपुर । भारतमा कोरोना संक्रमण बढिरहेका बेला कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामकुमार महतो सहितसहितको टोलीले गड्डाचौकी नाकाको स्थलगत निरीक्षण गरेको हो ।

नाकाबाट भित्रिनेहरूमा कोरोना संक्रमण देखिन थालेकाले हेल्थ डेस्कको अवस्था बुझ्न प्रजिअसहितको टोलीले अनुगमन गरेको स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले जानकारी दिनुभयो । हेल्थ डेस्कमा कोरोनाको साथै मलेरियाको पनि परीक्षण गर्ने गरी काम सुरु भइसकेको उहाँले बताउनुभयो ।

टोलीले कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि भारतबाट फर्किएकाहरूलाई मास्क समेत वितरण गरेको छ ।