१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


थप ८५ जनामा कोरोना, तीन जनाको मृत्यु


0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ८५ जना कोरोना संक्रमित थपिएका छन् ।

२ हजार ७ सय ४५ जनाको पिसिआर परीक्षण गर्दा ८५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ७ सय ५० जना पुगेको छ ।

नेपालमा १ हजार २ सय ८८ जना सक्रिय संक्रमित रहेको मन्त्रलयले जनाएको छ । गत २४ घण्टामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । नेपालमा कुल संक्रमित मृतकको संख्या ३ हजार २७ पुगेको छ ।

गत २४ घण्टामा ९३ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ४ सय ३५ जना पुगेको छ ।